सनातन धर्मको वैज्ञानिक पाटोको बारेमा विशद विवेचना  गरिएको छ । 
महर्षि भरद्वाजद्वारा विरचित विमानिका शास्त्र अनुसार प्राचीन विमानका दुई श्रेणीहरू यस प्रकार थिएः-
मानव निर्मित विमान जुन आधुनिक विमानजस्तै पंखाको सहायताले उडान गर्थे। महर्षि भरद्वाजका शब्दमा पन्क्षीहरू जस्तै उड्ने कारणले वायुयानलाई विमान भनिएको हो। वेगसाम्याद् विमानोण्डजानामिति ।।
विमानका प्रकार:-
शकत्युदगमविमान (विद्युतबाट चल्ने विमान),
धूम्रयान (धुँवा,वाष्प आदिबाट चल्ने विमान),
अशुवाहविमान (सूर्यका किरणबाट चल्ने विमान),
शिखोदभगविमान (पारोबाट चल्ने विमान),
तारामुखविमान (चुम्बकीय शक्तिबाट चल्ने विमान),
मरूत्सखविमान (ग्यास इत्यादिबाट चल्ने विमान),
भूतवाहविमान (जल,अग्नि तथा वायुबाट चल्ने विमान)।
आश्चर्यजनक विमान जुन मानव निर्मित त थिएनन् किन्तु तिनीहरूका आकार प्रकार आधुनिक ‘उडन तस्तरी जस्तै थियो।
विमान विकासका प्राचीन ग्रन्थ प्राचीन संस्कृत भाषामा सयौका संख्यामा उपलब्ध छन् तर आश्चर्यको कुरा के छ भने तिनलाई अझैसम्म पनि कुनै आधुनिक भाषामाअनूदित गरिएको छैन।भारतवर्षका विद्वानहरूले प्राचीन समयमा जतिबेला विमानको आविष्कार गरेका थिए त्यतिबेला उनीहरूले विमान सञ्चालन तथा हेरचाह गर्ने विधि पनि तयार गरेका थिए । तिनीहरूमध्ये आज मुश्किलले केहीको मात्र अंग्रेजी अनुवाद पनि भेटिन्छ ।
विमान विज्ञान सम्बन्धि केही मुख्य मुख्य ग्रन्थका सारसंक्षेप यसप्रकार छन्ः
१.ऋग्वेदः मानव मात्रको पहिलो ग्रन्थ यो ऋग्वेदमा कम्तीमा पनि २०० चोटी विमानको वर्णन गरिएको छ । तिनमा मूलतः तीनतले, त्रिभुज आकारका तथा तीनचक्के विमान उल्लेख गरिएको छ । सुन, चाँदी तथा फलामका धातुबाट बनेका ती विमानमा तीन यात्रु चढ्न सक्थे भने तिनको निर्माण अश्विनीकुमार अर्थात् वैज्ञानिकहरूले बनाएको उल्लेख पाइन्छ । वेदमा विमानका अनेक प्रकार वर्णन गरिएको छ । त्यसमा अहनिहोत्र विमानमा दुई इन्जिन तथा हस्त विमान वा हात्ती आकारको विमानमा दुईभन्दा धेरै इञ्जिन थिए । अर्को एक विमान किङ्ग फिशर चराजस्तै थियो भने अन्य जीवका आकार प्रकारका विमानहरू पनि वेदमा उल्लेख गरिएको पाइन्छ । यसमा कुनै सन्देह छैन मानिसले आदिमकालदेखि नै उड्ने प्रेरणा चराहरूबाटै लिएका हुन् ।
यातायातका लागि ऋग्वेदमा वर्णन गरिएका विमानहरूः
जलयानः यो साधन जल तथा वायु दुबै मार्गमा हिंड्न सक्छ ।(ऋग्वेद ६.५८.३)
काराः यो यान पनि जल तथा वायु दुबै मार्गमा चल्न सक्छ ।(ऋग्वेद ९.१४.१)
त्रितालाः यो विमान तीनतले विमान हो ।(ऋग्वेद ३.१४.१)
त्रिचक्र रथ – यो तीनचक्के विमान आकाशमा उड्न सक्छ ।(ऋग्वेद ४.३६.१)
वायु रथः रथजस्तै देखिने यो विमान ग्यास वा वायुको सहायताले आकाशमा उड्न सक्ने बताइएको छ ।(ऋग्वेद ५.४१.६)
विद्युत रथः यो विमान चाहि बिजुलीको सहायताले चल्न सक्ने ।(ऋग्वेद ३.१४.१)
२. यजुर्वेदमा पनि विमानको उल्लेख गरिएको छ जसको सञ्चालन प्रणाली अश्विनीकुमारले गर्ने उल्लेख पाइन्छ ।
३.विमानिका शास्त्रः सन् १८७५ मा भारतको एक मन्दिरमा विमानिका शास्त्रको एक प्रति भेटिएको थियो । यो ग्रन्थलाई भरद्वाज ऋषिले लेखेको मानिन्छ भने इ.पू. ४०० वर्ष पुरानो मानिन्छ र यो महान् ग्रन्थ अंग्रेजीमा अनुवाद भइसकेको छ । यस ग्रन्थले आफूभन्दा अगाडिका ९७ विमानाचार्यहरू तथा २० वटा विमान सम्बन्धि अन्य पुस्तकहरूका बारेमा सविस्तार बयान गरेको छ । तर दुःखको कुरा के छ यसमा भनिएका धेरैजसो कृतिहरू अहिले लोप भइसकेका छन् ।
विमानिका शास्त्रमा विमानका बारेमा निम्नलिखित विषयहरू वर्णित थिएः
विमान सञ्चालनका बारेमा जानकारी
उडान समयका सुरक्षा सम्बन्धि जानकारी

चट्याङ्ग तथा हुरी बतासको समयमा विमानको सुरक्षा गर्ने उपाय
आवश्यकता पर्दा सामान्य इन्जिनको सट्टामा सौर्य उर्जाबाट विमान चलाउने विधि आदि । यसबाट के थाहा हुन्छ भने उक्त विमानमा एन्टी ग्रेभिटि क्षेत्रको उडान क्षमता पनि थियो । साथै सो विमानिका शास्त्रमा सौर्य उर्जाबाट विमान चलाउने विषय मात्र होइन उर्जा संचित गर्ने प्रविधि पनि व्यवस्था गरिएको थियो । एक विशेष प्रकारको शिशाको आठवटा नलीहरूमा सौर्य उर्जा एकत्र गरेर राख्ने विधानको बारेमा पुस्तकले प्रकाश त पारेको छ तर किताबका कतिपय कुराहरू अझै राम्ररी अध्ययन भइसकेका छैनन् । यस किताबमा जम्मा आठ भागहरू छन् जसमा विमानलाई आगो तथा टुटफुटबाट बचाउने बारेमा विस्तृत प्रकाश पारिएको छ । चित्रहरूको प्रयोगले ग्रन्थलाई आकर्षक बनाइएको छ । साथै पुस्तकमा ३१ उपकरण र १६ धातुहरूको वृतान्त छ। उल्लिखित सबै धातुहरूमा गर्मी खप्न सक्ने विशेषता रहेको जनाइएको छ ।
४. यन्त्र सर्वस्वः
ऋषि भारद्वाजले नै लेखेको यस किताबमा पनि ४० भाग छन् जसमध्ये एक भाग विमानिका प्रकरण भन्ने छ । र, सोही प्रकरणमा १०० विषय तथा ५०० सूत्रहरूमा विमान विज्ञानको विशद व्याख्या गरिएको छ । यस ग्रन्थमा ऋषि भारद्वाजले विमानलाई तीन प्रकारले विभाजन गरेका छन् 
अन्तरदेशीय विमानः जुन विमान एउटै देशभित्र एक ठाउँबाट अर्को ठाउँमा जाने गर्दछ ।
अन्तर्राष्ट्रिय विमानः जुन विमान एक देशबाट अर्को देशमा जाने गर्दछ ।
अन्तीर्क्षय विमान : एक ग्रहबाट अर्को ग्रहमा जाने विमानलाई यो नाम दिइएको छ ।
यिनीहरूमध्य सैनिक विमान विशेष उल्लेख्य थियो, जसका विशेषताहरू विस्तारपूर्वक व्याख्या गरिएको छ । उदाहरणका लागि उक्त विमान पूर्णतया अटुट, आगोबाट सुरक्षित तथा आवश्यकता पर्दा पलभरमा नै एकदम स्थीर हुन सक्ने र शत्रुका नजरबाट गायब हुन सक्ने विशेषताहरूले सुसज्जित थियो । शत्रुको विमानबाट आउने वार्तालाप तथा आवाज सुन्ने तथा त्यसको रेकर्ड गर्न सक्ने गुणले युक्त रहेको बताइएको छ । साथै शत्रुका विमानका दिशा र दशा पत्ता लगाई त्यसमाथि निगरानी गर्न सक्ने, शत्रुका विमानका चालक तथा यात्रीहरूलाई दीर्घकालसम्म स्तब्ध गर्न सक्ने क्षमता थियो । स्वचालित तापमान नियन्त्रण गर्न सक्ने, आवश्यकतानुसार आफैंलाई नष्ट गर्न सक्ने, हल्का, उष्णता ग्रहण गर्न सक्ने धातुबाट बनेको, आफ्नो आकार सानो ठूलो बनाउन सक्ने जस्ता यन्त्रहरु कयौं शताब्दी अघि निर्माण भएका थिए ।तर भारतीय संस्कृतिको विकृतिकरण
भारतीय संस्कृतिलाई विकृत पार्ने काम मैक्समूलर, विलियम हण्टर र लर्ड टमस बैबिङ्ग्टन मेकाले यी तीनका कारण भएको मानिन्छ। अङ्ग्रेजद्वारा लिखित इतिहासमा भारतीय इतिहासको शुरुआत सिन्धुघाटीको सभ्यताबाट सुरु भएको भनिएकोछ, तर यो गलत हो। उनिहरूले भनेजस्तो सिन्धुघाटिका मानिसहरू द्रविड थिएनन्। आर्यहरूले द्रविडसभ्यता(सिन्धुसभ्यता) नष्ट गरेको झुटो विवरण उनिहरूले दिएकाछन्। अर्को कुरा आर्य र दस्युसमुहवीच निरन्तर युध्द भैरहन्थ्यो भन्ने कुरा पनि झुटा नै हो। आर्य र दस्यु दुइथरि जात होइनन्। आर्य सभ्य नागरिक थिए, जोसँग वेद थियो, भाषा र लिपि थियो, यज्ञवेदी बनाउने गणितथियो, ग्रहनक्षत्रको वोध थियो र रथआदि उपकरण थिए। यिनीहरू फिरन्ते लडाकु थिए भन्ने उनिहरूको विश्लेषणमा कुनै तर्क र खोजबाट प्राप्त तथ्यहरू केही छैनन्।
म्याक्समूलरको आर्यहरूले द्राविडसभ्यता नष्ट गरेको भन्ने कुरा सिन्धुघाटिमा पाइएका पुरातात्विकवस्तुले खण्डित गर्छन्। त्याहा नाट्येशवर शिव, योगीशिव, पशुपति र मृण्मय देवीमूर्ति तथा सिक्काले सिन्धुसभ्यता आर्यसभ्यता भन्ने पुष्टि गर्छ। मोहनजोदारो र हरप्पाको सहरीकरण, स्नानघर र पानीको निकास आदि सभ्य विकासबाट सभ्यजाति, श्रेष्ठजाती आर्यभएको प्रमाणित हुन्छ। आर्यहरूको एकसमुह नै द्रविड हो, जो कालान्तरमा भूगोलको र हावापानीको कारणले फरक देखिए। सर्वप्रथम आर्य जाति नभएर सहरी(सभ्य)समुह हो।
महाकुलकुलीनार्यसभ्यसज्जनसाधव:। -अमरकोष ७।३
आर्यशब्दको प्रयोग महाकुल, कुलीन, सभ्य, सज्जन, साधु आदिको रुपमा हुन्छ। यसको अर्थ श्रेष्ठ हो, जसमा श्‍वेत, पित, रक्त, श्याम र अश्‍वेत रङ्गका सवै मानिसहरू थिए। सिन्धुसभ्यतालाई कति पुरानो हो भनेर सर्वसम्मत मिति कसैको छैन। यसमा बिभिन्न मतहरू पाइन्छन्। १९०० ईशापूर्वदेखि लिएर ४६१६ ई.पू. सम्मका मतहरू छन्।
आईआईटी खड़गपुर र भारतीय पुरातत्व विभागका वैज्ञानिकहरूले ८००० वर्ष पुरानो हो भनेर नया तथ्य पेश गरेकाछन्। मिस्र र मेसोपोटामियाको सभ्यता ७००० इ.पू. देखि ३१०० इ.पू.सम्म अस्थित्वमा रहेको मानिन्छ भने सिन्धुसभ्यता त्योभन्दा पहिले रहेको देखिन्छ। भगवान श्रीरामको काल ५११४ ई.पू. र कृष्णको समय ३२२८ ई.पू. हो भन्ने बिभिन्न तथ्यहरू देखिन्छन्।
जैनधर्ममा सिन्धुघाटीमा पाइएका वृषभआकृतिका मूर्तिलाई ऋषभनाथसँग जोडिएकोछ। त्यस्तै ग्रेनाइटपत्थरको एक नग्नमूर्ति पनि जैनधर्मसँग नै सम्बन्धित छ। नग्नमूर्ति कायोत्सर्ग  र शिरोभागको त्रिशूल त्रिरत्नत्रयको जीवनको प्रतीक मानिन्छ। एक अर्को चित्रमा राजा दक्षको शीर शङ्करको अगाडि वीरभद्र झुकेर बसेको हो भन्ने पनि मानिएकोछ। सिन्धुघाटीमा पाइएको अर्को मूर्तिमा चक्रवर्ती भरतले उष्णीब धारणगरेर राजसीठाठमा बसेका र भरतको पछाडिको गोरु ऋषभनाथको चिन्ह हो भन्ने मानिएकोछ। यी सवै कुराले सिन्धुसभ्यता आर्यहरूको नै थियो। यहा पाइएका कपडाको टुक्रा, पशुपतिको मुद्रा, तामाको मुद्रा, बाघ, गोरू फूलदान रातोमाटोका भाडा र स्नानघरले म्याक्समूलरको सिध्दान्तलाई गलत प्रमाणित गरेकाछन्। यहा पाइएका चित्रात्मकलिपी कालोभएको गहु(डढेका), तामा र काँसोका भाँडाहरू हिन्दुयज्ञका नमुनाहरू हुन्।
गुणसूत्रमा आधारित शोधमा फिनलैण्डको तारतू विश्वविद्यालयमा भएको एक अनुसन्धानमा क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर डा. कीवीसील्डको निर्देशनमा शोधछात्र ज्ञानेश्वर चौबेले सारा भारतवासीको जीन(गुणसूत्र) एउटै भएकोले अनुवांशिक गुणसूत्रअनुसार एउटै उत्पत्तिका मानेकाछन्। आर्य र द्रविड दुई जाती न भएर आर्यका नै भेद हुन्। शोधमा तमिलनाडुका सवै जनजातिहरू केरल, कर्नाटक, आन्ध्रप्रदेशको जातिहरूको गुणसूत्र तथा उत्तरभारतीय जाति-जनजातिको डीएनएको उत्पत्ति-आधार गुणसूत्र एकसमान भएको प्रमाणित गरिएकोछ।
महाभारतमा दाजुभाइकावीच युध्द भएकोछ। दासराज्ञयुध्दमा आर्यहरूकै दुई वंशकावीच युध्द भएकोथियो। महाभारत अनुसार भारतवर्षमा राजाहस्तिले आफ्नो राजधानी हस्तिनापुर बनाएकाथिए। राजाहस्तिको पुत्र अजमीढ़लाई पाञ्चालको राजा बनाएपछि कुरु-पाञ्चालमा एउटै वंशको राज्य भयो। जव कुरुवंशका राजा संवरण भए, त्यतिबेला पाञ्चालमा समकालीन राजा सुदासको शासन थियो। यी दुबै एउटै वंशले राज्य गरेका देशमा प्रतिस्पर्धा शुरुभयो र युध्द भयो, यसैलाई ऋग्वेदमा वर्णित 'दाशराज्य युद्ध' मान्ने केही विद्वानहरू छन्। राजा सुदासले पाञ्चाल राज्यको विस्तार गरे। संवरणका पुत्र कुरुले पनि शक्ति बढ़ाएर पाञ्चालराज्यलाई आफ्नो अधीन बनाएर एउटै देश 'कुरु-पाञ्चाल' बनाए। राजाकुरुको नाममा नै सरस्वतीनदी निकटको राज्य कुरुक्षेत्र भनिएको हो। सुदासले आफुलाई पछि स्वतन्त्र घोषित गरेपछि उनको विरुध्दमा पुरु, यदु, तुर्वश, अनु, द्रुह्मु, अलिन, पक्थ, भलान, शिव एवं विषाणिन कबीलाका दसराजाको समुहले युध्द गरेकोथियो। यिनीहरूलाई पुरु र तृत्सु समुह भनिएको ोछ। यी दुबै भरतवंशी नै हुन्।
तृत्सुसमुहको नेतृत्व राजा सुदासले गरेकाथिए। सुदास दिवोदासका पुत्र थिए, जो स्वयं सृञ्जयका पुत्र हुन्। सुदासका गुरु ऋषि वशिष्ठ थिए। पुरुसमुहको नेतृत्व संवरणले गरेकाथिए, यिनका गुरु विश्वामित्र थिए।
यो युध्द आर्य र अनार्यवीचको नभएर आर्यहरूकै वीचको थियो। अङ्ग्रेजको फुटाउ र राजनीति गर भन्ने मान्यता कारण यो गलत इतिहासको प्रचारवाजी गराए र तिनको जुठो-पुरा खाने तथाकथित भारतीय महाविद्वानहरू यसैको शिकार भएर यसैको आधारमा आर्य र अनार्यवीच निरन्तर सङ्घर्ष  हुन्थ्यो भन्ने प्रचार गरेका हुन्। याहा आर्यको आचरणवाला र आचरणविहीनलाई आचरणद्वारा आर्य बनाउने संस्कार थियो। उनिहरूले भारतमा शासन गेपछि भारतीय संस्कृतिमा दुई आश्चर्य देखे। सबैभन्दा पुरानो ग्रन्थवेदको दसौंहजार व्यतित भएरपनि भाषा र उच्चारणमा कुनै भिन्नता न आई यथावत् कसरी रह्योहोला? सामान्यतया १० वर्षमा भाषामा केहीनकेही परिवर्तन हुनुपर्ने अनुसान्धानले देखाएकोछ। त्यस्तै हरेक साढेदुईकोश (१० किलोमिटर)को फरकमा पनि भाषा या त उच्चारणमा या त अर्थमा फरक पर्ने अनुसन्धानले देखाएकोछ। तर वेद समय र दुरी दुबैबाट कसरी चोखो रह्यो? यो उनिहरूको आश्चर्यको बिषय बनेको छ। पश्चिमाहरूले भ्रमितपारेको वेदार्थ
पूर्वीयदर्शनलाई हामीले पश्चिमी आँखाले हेर्दै आईरहेका छौं। हाम्रो दृष्टिकोण सदैव पश्चिमाको दासताबाट सिर्जित भ्रमलाई पृष्ठपोषण गर्नेअर्थमा रहेकोछ। खराव शासनले समाजलाई कतिसम्म विकृत बनाउनसक्छ भन्नेकुरा भारतमा अङ्ग्रेजले शासन गरेपछि याहाको सास्कृतिक विकृतिले देखाएकोछ। इष्ट इण्डिया कम्पनीको शासनकालमा पूर्वीय दर्शनको अध्ययन गर्ने विद्वानहरू शासनको कुदृष्टिको अध्यारोगर्तमा पुरिए र शासनतन्त्रद्वारा पालित धार्मिक नेता र धार्मिक गुरुको उदय भयो। यसबाट हिन्दुसंस्कृतिमा विकृतरुपले गलतपरंपराको थालनी भयो। परंपरागत धार्मिकगुरुहरूलाई ओझेलमा पारियो। युरोपिन विद्वानहरू वेदको अध्ययनमा लागे, हामीले उनिहरूले गरेको अध्ययनमा गौरव गर्नथाल्यौं। आफ्नि आमाको सेवा आफैले न गरेर नोकरले गरेकोमा सन्तुष्ठ हुनथाल्यौं। युरोपियनहरूलाई आफ्नो श्रेष्ठता र धर्ममा घमण्ड थियो। उनिहरूले भारतीयहरूलाई गँवारको रुपमा हेर्थे। भारतीय अन्धविश्वासी, धर्मभीरु, एक-आपसमा नमिल्ने स्वभावका हुन्छन् भन्ने उनिहरूलाई थाहा थियो। यसैले भारतमाथि शासन गरेर यसलाई दिगो बनाइराख्न उनिहरूको संस्कृतिमा विचलन ल्याउनुपर्छ र आफ्नो संस्कृति लाद्नुपर्छ। अनि मात्र शासकीयरुपमा नियन्त्रित भारत सांस्कृतिकरुपले पनि सदाकोलागि नियन्त्रित हुन्छ भन्ने उनिहरूले बुझेका थिए। यही उदेश्यले उनिहरूले संस्कृतसाहित्यको अध्ययन गरेकाथिए।
पूर्वीयदर्शनको प्रचार व्यापारीको माध्यमले युनान, रोम, अरब आदिदेश मार्फत पश्चिममा पुगेको थियो। युनानी दार्शनिक एरिष्टोटलले त यसको अध्ययन समेत गरेका थिए। यसैले उनले आफ्ना चेला सिकन्दर महानलाई भारतविजयमा जानेबेलामा भारतबाट संस्कृतसाहित्यका विद्वानहरूलाई बोलाएर ल्याउन सुझाएकाथिए। विष्णुगुप्त र चाणक्यको आचरणबाट सिकन्दरमहानले पनि यो कुरा बुझे। यसैले उनले आफ्ना गुरु एरिष्टोटले भनेअनुसार पञ्जावबाट फर्कनलाग्दा केही भारतीय विद्वानहरूलाई युनानमा लगेकाथिए। यहीबाट पश्चिममा भारतीय संस्कृतिको वीजारोपणको शुरुवात भयो।
पश्चिमाहरू भारतको अथाह सास्कृतिकवैभवबाट लोभिएकाथिए। ब्यापारको सन्दर्भमा पुर्तगाली सामुन्द्रिकयात्री भास्कोडिगामा २० मई १४४८ मा गुजराती ब्यापारी अब्दुल मजीदसँग भारत आए। केरलामा पहिलो बिदेशी ब्यापारीलाई तत्कालीन राजा जमोरिनले खुलेर स्वागत गरे। उनले केरलमा आफ्नो ब्यापार सुरु गरे। ब्यापारिक दृष्टिले भारतको सम्पर्क फेरि युरोपसँग सुरु भयो। भारतीय बजारमा पश्चिमाको प्रवेश पनि शुरुभयो। सन् १६०० मा जोँन वाट्स र जर्ज ह्वाइटले बेलायतको ब्रिटिश ज्वाइण्ट स्टक कम्पनीलाई इष्ट इण्डिया कम्पनीको रुपमा भारतमा स्थापना गरे। यिनीहरू बेलायती शासकको प्रत्यक्ष सम्पर्कमा त थिएनन्। तर सरकारको व्यापारमा नियन्त्रण थियो, ब्यापारीले नै सरकार चलाउने हाम्रोजस्तो अवस्था थिएन। सन् १७५७ मा आएर भने भारतको राजनैतिक नेतृत्व नै उनिहरूको हातमा गयो। १८५८ बाट यो बेलायत सरकारको अधीन भयो। भारत स्वतन्त्र न हुदासम्म अङ्ग्रेजले भरतको सम्पत्ति मात्र लुटेनन्, संस्कृति र धर्ममा पनि विकृति घुसाए। उनिहरूलाई ईशाइधर्म र वाइवलभन्दा उत्कृष्ट केही छैन भन्ने लागेकोथियो। तर त्याहा वल्डटेष्टामेण्ट र न्युटेष्टामेण्टको रुपमा परिवर्तन हुदैथियो। तर भारतको वेद हजारौंवर्षदेखि कुनै परिवर्तबिना उच्चारण र अर्थमा कुनै परिवर्तन नभई शास्वत सत्यरुपमा रहेको देखेर यसलाई अध्ययन गर्ने र यसलाई आफ्नो बाइबलभन्दा निचो देखाउने कसरतमा लागे। उनिहरूले त्यही अर्थमा आफ्ना नियन्त्रित जागिरेहरूलाई वेदको अध्ययन गर्न लगाए।
विलियम जोनस् कलकत्तामा जज थिए, उनले एशियाटिक सोसाइटीको स्थापना गरेर संस्कृत साहित्यको अनुबाद सुरु गरे। तर यिनको पहुच वेदमा हुनसकेन, जिज्ञाशा भने बढाइदियो। म्याक्समूलर जर्मनी विद्वान थिए, पछि बेलायत गएर अक्सफोर्ड विश्वविद्यालयको संस्कृतभाषा बिभागमा काम गर्न थाले। यिनलाई इष्ट इण्डिया कम्पनीले कर्मचारीको रुपमा भारत ल्याएर वेदको अनुवाद गर्न लगायो। यसैले उनी विद्वताभन्दा पनि जागिरदाताको इशारामा वेदको विकृत अनुवाद गर्न लागे। उनलाई समस्कृतभाषाको त्यति धेरै ज्ञान थिएन र भारतमा संस्कृतसाहित्यका ज्ञानिहरूमा अङ्ग्रेजीको जानकारी नहुनाले केही अङ्ग्रेजी जानेका टपरटुइयाहरूको भरमा अनुवादको काम गर्न थाले। उनले सायणभाष्यलाई आधार मानेको भनेपनी सबै कुरा सायणभाष्यमा आधारित न भएर तुलनात्मक अध्ययनको नाममा वेदभन्दा धेरै पछि जन्मेको इशाइसस्कृति र पश्चिमापरंपरासँग दाजेर 'कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा' भन्ने उखानलाई चरितार्थ पार्दै वैदिकज्ञानको नाममा वेदको उछित्तो गर्न लागे। सन् १८४८ मा यिनको अनुवादको ऋग्वेद छापियो र यिनी अक्सफोर्ड विश्वविद्यालयको प्रोफेसरमा सान् १८५० मा नियुक्त भए। यिनको यो अनुवाद नियोजित र भारतीय संस्कृतिमा विखण्डन ल्याएर आफ्नो श्रेष्ठता स्थापित गर्नु र इशाइ प्रचार गर्नु थियो।
सन् १६५६ मा सारजहाँका छोरा दारासिकोहले बनारसी विद्वानहरूको सहयोगमा फारसीभाषामा ५० वटा उपनिषदको अनुबाद गरेकाथिए। यसको फ्रेञ्चभाषामा सन् १८०१ मा अनुवाद भयो र सोपेन आवर लगायतका विद्वानहरूले यसलाई पढे। अनिमात्र पश्चिमाहरूलाई वेदको अध्ययन गर्ने विचार आयो। उनिहरू सरकारनियन्त्रित विद्वान भएपनि पूर्वीयदर्शनप्रति सकरात्मक भाव र निष्ठा पनि थिएन। त्यसैले सत्यको खोजभन्दा कसरी इशाइकरण गर्न सकिन्छ भनेर त्रुटिखोजको रुपमा उनिहरूले काम गरेका थिए। वेदलाई पश्चिमाहरूले अनुवाद गरेको पूर्ण गलत छ भनेर अरबिन्द घोषले प्रमाणित गर्नुभयो र १९५६ मा 'द सिक्रेट अफ वेद' लेखेर प्रचार गरिदिनुभयो। तर अङ्ग्रेजी शासकहरूका चाटुकारहरूले म्याक्समूलरको अनुवादको भरमा लेख्नथाले। स्वामी दयानन्द सरस्वतीले लेखेको वेदको अर्थ उनमा अङ्ग्रेजीभाषाको ज्ञानको अभावमा प्रचार गर्न सकेनन्। हिन्दी र संस्कृतभाषाको बिजोग त्यतिबेलादेखि नै शुरु भयो र टाइ लगाएर अङ्ग्रेजी रटान नगर्ने सवै अन्धविश्वासी बनाइए।
युरोपीय विद्वानहरूले गरेको अनुवाद कतिसम्म विकृत छ भन्नेकुरा म्याक्समूलरको 'हिरण्यगर्भ' मन्त्रको अर्थमा देख्न सकिन्छ ।   

यसरी धर्मको गलत अर्थ लगाई हाम्रो सभ्यताको नाश गरिदै छ । यदि सभ्यता नै रहेन भने हाम्रो अस्तित्व पनि मेटिएर जान्छ ।त्यसैले आफ्नो धर्म संस्कृतिलाई मनन चिन्तन गरि अपनत्वको भावना राख्नुपर्दछ । हामी सब एक जुट भई आफ्नो मूल्य , मान्यता , धर्म , संस्कृतिको जगेर्ना गर्नुपर्छ ।
                                    जय देश 🇳🇵🇳🇵

Post a Comment

Previous Post Next Post