# गोपालवंश

१)गोपाल भन्नाले केलाई बुझाउछ ?
* गाईपालक समुदायलाई


२) नेपालमा सर्वप्रथम राज्य चलाउने गोपालहरु कुन वंशका थिए ?
* गुप्तवंशी


३)गोपालहरुको राजधानी कहाँ थियो ?
* किर्तिपुरको दक्षिणी मातातिर्थ


४) गोपालहरुले कति बर्ष राज्य चलाएको थिए ?
* ५२१ वर्ष


५) नेपालमा प्राप्त सबैभन्दा पुरानो वंशावली कुन हो ?
* गोपालराज वंशावली



# आभिरवंशीहरु ( महिषपालवंशी )

६) गोपालवंशी राजाहरु नि:सन्तान हुँदा नेपालको सत्ता कसको हातमा पुग्यो ?
* आभिर(महिषपाल)


७)सिम्रौनगढ र जनकपुरबीचको भुमिमा भैसी पाल्ने भएकोले आभिरहरुलाई के भनिन्छ ?
* महिषपाल


८) आभिरवंशहरुले कति वर्ष शासन गरेका थिए ?
* १११ वर्ष



# किराँतकाल

९) किराँतहरुको मुलथलो कहाँ हो ?
* पुर्वी पहाडको तामाकोशी र दुधकोशिको किनार


१०) किराँति राजा हुमतिले महाभारत युद्दमा कसको साथ दिएको मानिन्छ ?
* कौरवहरुको


११) गौतम बुद्द कसको पालामा नेपाल आएका थिए ?
* सातौं किराती राजा जितेदास्तिको पालामा


१२) अन्तिम किराँति राज को हुन ?
* गस्ती


१३)कुन किराती राजाको पालामा नेपालको पहाडी भागमा किरातरुपधारी शिव र अर्जुनबीच युद्ध भएको थियो ?
* हुमती (छैंटौं किराती राजा)


१४) किराती राजा यलम्बरको पूर्ण कदको शालिक कहाँ रहेको छ ?
* संखुवासभा


१५) कहाँ भएको युद्धमा लिच्छवीहरुद्वारा ८००किरातीहरु मारिएका थिए ?
* पाटनको च्यासलमा


# सोमवंशी

१६) प्रथम सोमवंशि राजा को थिए ?
* निमिष


१७) सोमवंशीहरुले कुन ठाँउमा केन्द्र बनाई राज्री गरेका थिए ?
* गोदावारी


१८) अन्तिम सोमवंशि राजा को हुन ?
* भाष्कर वर्मा

१९) लिच्छविकालमा कसलाई के भनिन्थियो ?

# महासवर्दण्डनायक = प्रधानन्यायाधिश

# अमात्य 👉️मन्त्री

# महाबलाध्यक्ष 👉️ सेना प्रमुख

# बलाध्यक्ष 👉️राजदरबारको सर्वच्चो अधिकारी

# वणिक 👉️ साधरण व्यापारी

# प्रसादाधिकृत 👉️ कार्यलय प्रमुख

# भट 👉️सिपाहि

२०) लिच्छविकालमा ललितपुरलाई के भनिन्थो?
* युपग्राम

२१) लिच्छविकालमा कुन लिपि प्रचलमा थियो ?
* गुप्त लिपि

२२) लिच्छविकालमा एक जातिले अर्को जातीसँग बिहे गरेमा के लाग्थ्यो ?
* वर्णशंकर

२३) लिच्छविकालमा वस्तुको तौल लिन के को प्रयोग गरिन्थियो ?
* तुलादण्ड

२४) नेपाल सम्वत कुन राजाको पालादेखी प्रचलनमा आएको हो ?
* राघवदेव

२५) लिच्छविकालिन अभिलेखहरु कुन भाषामा लेखिएका छन ?
* संस्कृत




# मल्लकाल

२६) जयस्थिती मल्लले कति वर्ष शासन चलाएका थिए ?
* १४ वर्ष


२७) नेपाललाई ४ वर्ण ३६ जातमा कायम गर्ने राजा को हुन ?
* जयस्थिती मल्ल


२८) प्रताम मल्लले कति बर्ष शासन गरे ?
* ३३ वर्ष


२९) रानिपोखरिको निर्माण कसले गरेका हुन ?
* प्रताप मल्ल


३०) हनुमानढोकामा १५ भाषामा लेखिएको शिलालेख कसको पालाको हो ?
* प्रताप मल्ल


३१) कुमारिको रथ तान्ने चलन कसले चलाएका हुन ?
* जयप्रकाश मल्ल


३२) सुनको मुद्रा प्रयोग ल्याउने राजा को हुन ?
* जयप्रकाश मल्ल


३३) सिद्दिनरसींह मल्लले कति वर्ष शासन गरेका थिए ?
* ५२ वर्ष


३४) पाटनको २१ गजुर भएको कृष्ण मन्दिर कसले बनाएका हुन ?
* सिद्दिनरसींह मल्ल


३५) ज्योतिष बस्न मणिमण्डप बनाउने राजा को हुन ?
* योगेनरेन्द्र मल्ल


३६) चाँगु जानुअघि योगनरेन्द्र मल्लले मन्त्रीलाई के भनेको थिए ?
* जबसम्म मेरो शालिकबाट चरो उड्दैन तबसम्म मलाई जीवित सम्झनु


३७) योगनरेन्द्र मल्लको मृत्यु हुँदा कतिजना रानिहरु सति गएका थिए ?
* ३१ जना


३८) न्यातपोल मन्दिर निर्माण गर्न कसले लगाएका हुन ?
* भुपितन्द्र मल्ल


३९) कवि चुडामणि सम्राट भनेर कसलाई चिनिन्छ ?
* भुपितिन्द्र मल्ल


४०) शरणको मरण गर्नु हुदैन भन्ने राजा को हुन ?
* रणजीत मल्ल


४१) तीनतले तलेजु मन्दिर कति अग्लो छ ?
* १०२ फिट


४२) मल्ल र नेवार समुदायकी इष्टदेवी को हुन ?
* तलेजु-तलुजा भवानी


४३) सबैभन्दा सानो मुद्रा निष्कासन गर्ने राजा को हुन ?
* जयप्रकाश मल्ल


४४) मल्लकालमा सबैभन्दा बढी मुद्रा निष्कासन गर्ने राज्य कुन हो ?
* कान्तिपुर


४५) पशुपतिनाथमा सुनको छाना चढाउने को हुन ?
* शिवदेव


४६) देवलदेवी कसकी रानी हुन ?
* रुद्र मल्ल


४७) यो राज्यमा कसैको विवेक नरहोस् भनेर कसले श्राप दिएका थिए ?
* काजी भीम मल्लकी रानी सतिदेविले सति जाने वेलामा


४८) ९९ चोकको दरवार भन्नाले कुन दरवारलाई चिनिन्छ ?
* भक्तपुर दरबार


४९) सिमसिमे राजा भनेर कसलाई चिनिन्छ ?
* सदाशिवसींह मल्ल


५०) प्रजाले खाए पछि मात्र खाने राजा को हुन ?
* महिन्द्र मल्ल


५१) अभयको मल्लको के भएर निधन भएको थियो ?
* भुकम्पमा परेर


५२) छालाको मुद्रा चलाउने राजा को हुन ?
* सिद्दिनरसींह मल्ल


५३) बालकको साल नाल काट्ने प्रचलन चलाउने को हुन ?
* अंशुवर्मा


५४) काष्ठमण्डप बनाउँदा प्रयोग गरिएको कल्पबृक्षको नाम के हो ?
* सुरतरु


५५) कान्तिपुरको बिजयपश्चात राजा जयप्रकाश मल्ल भागेर कहाँ गई पृथ्वीनारयण शाहको विरुद्द षडयन्त्र गर्ने थालेका थिए ?
* ललितपुर


५६) कुन किराती राजाको पालामा नेपालको पहाडी भागमा किरातरुपधारी शिव र अर्जुनबीच युद्ध भएको थियो ?
-> हुमती (छैंटौं किराती राजा)



५७)अंशुवर्माले कति वर्ष शासन सञ्चालन गरेका थिए ?
* 16 वर्ष (वि.सं 662-678)


५८)अंशुवर्माले बनाएको कैलासकुट भवन कुन ठाउँमा रहेको थियो ?
-> देवपाटन (पशुपति नजिकै)


५९)कैलाशकुट भवनको महिमा कहाँको शिलालेखमा उल्लेख छ ?
-> साँगाको शिलालेखमा


६०)पशुपतिपादानुगृहित भनेर कुन नेपाली राजालाई चिनिन्छ ?
-> अंशुवर्मा




. वैष्णव मुद्रा प्रचलनमा ल्याउने लिच्छवी राजा को हुन् ?
->अंशुवर्मा


बलम्बुमा मानवबस्ती बसाउने राजा को हुन् ?
-> अंशुवर्मा


 नरेनद्रदेवले कहिलेदेखि कहिलेसम्म शासन गरे ?
*  वि.सं. 702-736


लिच्छवीकालीन समयमा पण र पुराण नामक मुद्रा प्रचलनमा थिए, 1 पुराणमा कति पण हुन्थ्यो ?
*१६ पण


 भोटो जात्राको चलन चलाउने राजा को हुन् ?
-> नरेन्द्रदेव


. सिकाली जात्रा ललितपुरको खोकनामा नेवार समुदायमा प्रचलित छ भने वैरागी जात्रा कहाँ प्रचलित छ ?
-> जुम्ला


. स्वयम्भुको ज्योतिलाई छोपि सोमाथि चैत्यको निर्माण गर्ने राजा को हुन् ?
-> प्रचण्डदेव


 गुणकामदेवलाई अर्को कुन नामले चिनिन्छ ?
-> लक्ष्मीकामदेव
 भृकुटीले आफू तिब्बत जाँदा आफूसँगै लगेको बौद्ध भिक्षु को थिए ?
-> शिलामञ्जु


. लिच्छवीकालमा राजदरबारसम्बन्धी विषय हेर्ने व्यक्तिलाई के भनिन्थ्यो ?
-> महाप्रतिहार


नेपालमा सर्बप्रथम कुन बंशका राजाहरुले राज्य गरेका थिये ?
– गोपाल (नासु २०६९)

 राणाकालमा नेपाललाइ कति भागमा बिभाजन गरिएको थियो ?
– ३५ जिल्ला (खरिदार २०६८)

 नेपालमा पहिलो पटक संबिधानसभा निर्बाचन कहिले भयो ?
– २०६४ चैत्र २८ (खरिदार २०७०)

 लिच्छबिकालमा मन्त्री सरहको पदलाइ के भनिन्थियो ?
– अ्मात्य (खरिदार २०६८)

राणाकालमा खड्ग निशानको अड्डालाइ के ले जनाउँथ्यो ?
– श्री ३ को कार्यलय (खरिदार २०६८)

सिंहदरबार आगलागी हुदा नेपालका प्रधानमन्त्री को थिए ?
-क्रीतिनिधी बिष्ट (खरिदार २०६८)

 नेपाललाइ बैशाख ११ किन महत्वपुर्ण मानिन्छ ?
-लोकतन्त्र दिबस (खरिदार २०६८)

कसको हत्याको कारण कोतपर्ब भएको थियो ?
– गगनसिंह (खरिदार २०६८)

 नेपालको इतिहासमा महत्वपुर्ण मानिने नेपाल सरकार र नेकपा माओवादी बिच एतिहासिक विस्तृत शान्ती सम्झौता कहिले भएको थियो ?
-२०६३ मंसिर ०५ (खरिदार २०६८)

नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ?
– २००८ माघ २१ (खरिदार २०६९)
रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन ?
– नरेन्द्रदेव (खरिदार २०६९)

 नेपालमा सर्ब प्रथम चाँदिको मुद्रा कसले चलाएका हुन ?
– महिन्द्र मल्ल (खरिदार २०६९)

नेपालको इतिहासमा पहुलो एतिहासिक जनमत सङ्ग्रह कहिले भयो ?
– २०३७

Post a Comment

Previous Post Next Post