एसिया महादेशमा पर्ने नेपाल बिकासोन्मुख देश हो। सांस्कृतिक,धार्मिक तथा प्राकृतिक रुपले सम्पन्न मानिने नेपालको जनसंख्या लगभग तीन करोड रहेको छ।देश आर्थिक रुपले कमजोर रहे पनि नेपालमा धेरै अर्बपती रहेका छन।जस्को धेरै उद्योग तथा कलकारखाना रहेका छन।यी धनाड्यहरु कोहि बिदेश बस्छन बन्र कोहि स्वदेश मै बसि आफ्नो व्यबसायलाई फस्टाएका छन। स्वदेश तथा बिदेशमा लगभग ८०भन्दा बडी कम्पनी रहेको सी.जी.ग्रुपका अध्यक्ष बिनोद चौधरी पनि नेपाल कै हुन।उनी नेपालका पहिलो खर्बपती पनि हुन।यी बाहेक अरु पनि व्यबसायिकहरु अर्बपती बनिसकेका छन।तीमध्ये आज हामी नेपालका प्रमुख दश धनीहरुको बारेमा जान्नेछौँ। नेपालको नम्बर एक तथा सबैभन्दा उद्यमी तथा धनी हुन बिनोद चौधरी ।



 १. विनोद चौधरी 

   चौधरी ग्रुप अर्थात् सी. जी.कम्पनीका मालिक विनोद चौधरी नेपालका सबैभन्दा धनी व्यक्ति हुन।विनोद चौधरीको जन्म बि.सं २०१२ बैशाख 1 गते(1955 april14) मा काठमान्डौमा भएको हो।उनले आफ्नो जीबनको थुप्रै भोगाइहरुलाई समेटेर विनोद चौधरी नामक आत्मकथा पनि लेखेका छन।विश्वको सबैभन्दा धनीको सम्पत्ति विबरण प्रस्तुत गर्ने फोब्सले नेपालको पहिलो खर्बपतीको रुपमा विनोद चौधरीको नाम प्रकाशन गरेको थियो। चौधरी ग्रुपले होटल व्यबसाय,सिमेन्ट,इलेक्टि्रकल तथा वित्तीय संस्थामा आफ्नो लगानी गर्दछ।नेपालको सी. जी. ब्रान्डका थुप्रै सामानहरुको बिक्री हुन्छ भने कतिपय सामान बिदेशमा निर्यात पनि हुने गर्दछ।लगभग ८०भन्दा  बढी देशमा आफ्नो व्यबसाय गर्दै आएका चौधरीको सम्पत्ति लगभग $1.5 विलियन अमेरिकी डलर रहेको छ।यसका साथै उनी बिश्वको धनीमध्ये १२४९ औं स्थानमा पर्दछन भने नेपालको पहिलो धनी व्यक्ति हुन् । 


२. शेष घले

 लमजुङको घले गाउँको एउटा सामान्य परिवारमा जन्मेका शेष घले अहिले नेपालको दोस्रो ठुलो धनी व्यक्ति हुन।गैर आवासीय नेपाली संघ एन.आर.एनका पुर्ब अध्यक्ष रहेका घले अहिले अस्ट्रेलियामा बसि आफ्नो व्यबसाय समाल्दछन। घले मेलवर्न ईन्स्टिच्युट अफ टेक्नोलोजीका सिओ हुन।उनको यस कम्पनी निकै प्रख्यात रहेको छ।घलेको नेपालमा झण्डै १३ओटा कम्पनी संचालनमा रहेका छन।नेपालको दोस्रो ठुलो धनी भनी चिनिने शेष घलेको बर्तमान समयको कुल सम्पत्ति लगभग $410 मिलियन अमेरिकी डलर रहेको छ।घले अहिले अस्ट्रेलियाको ९९औं धनीको रुपमा पनि परिचित छन।


३. उपेन्द्र महतो

  सिरहा जिल्लाको एउटा सामान्य गाउँ कर्जन्हामा जन्मेका उपेन्द्र महतो अहिले नेपालको तेस्रो ठुलो धनी हुन। गैर आवासीय नेपाली संघ एन.आर.एन.का पुर्ब अध्यक्ष समेत रहेका उपेन्द्र महतो अहिले रसियामा बस्दै आएका छन।सामान्य रुपको विद्युतीय सामग्रीको ब्यापार गर्ने महतो अहिले आफ्नै टेलिभिजन कम्पनीको मालिक छन। रसियाबाटै आफ्नो विद्यावारिधि सकाएका महतो स-परिवार रसियामा बसी आफ्नो व्यापार ब्यबसाय संचालन गर्दछन।महतो जीवा लामिछानेको सहकार्यमा व्यबसाय गर्दै आएका छन।विद्युतीय सामान बाहेक तेल तथा अटो मोबाइलको व्यबसाय गर्ने उपेन्द्र महतोको कुल सम्पत्ति $360 मिलियन अमेरिकी डलर रहेको छ र उनी नेपालका तेस्रो ठुलो धनी हुन।

४.अजय सुमार्गी

मकवानपुर जिल्लाको हेटौंडामा जन्मेका अजय सुमार्गी नेपालका चौथौँँ  ठुला धनी हुन। एउटा निम्नबर्गीय परिवारमा जन्मिएका अजय सुमार्गी मुक्तिश्री प्राइभेट लिमिटेडका अध्यक्ष हुन।यो कम्पनीले धेरै क्षेत्रमा काम गर्दछ। जस्तै मुक्तिश्री इनर्जी लिमिटेडले देश तथा बिदेशमा रहेका ठुला ठुला जलबिद्युत आयोजनाको ठेक्कापट्टाको क्षेत्रमा काम गर्दै आएको छ।त्यस्तै मुक्तिश्री टेलिकमले नेपालको टेलिकम क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ।राजनैतिक दृष्टिकोणले नेता प्रचण्डको नजिक मानिने अजय सुमार्गीको कुल सम्पत्ति $200 मिलियन अमेरिकी डलर रहेको छ।यसैगरि उनी नेपालको धनीमध्ये चौथौँ धनीको सुचीमा पर्छन् ।


५. आदित्य झा

 जनकपुरको मैथिली समुदायमा जन्मेका आदित्य झा नेपालको पाँचौ धनीका रुपमा परिचित छन।आदित्य झालाई एउटा परोपकारी तथा समाजसेवीको रुपमा पनि चिन्ने गरिन्छ। क्यानडामा बस्दै आएका झा गैर आवासीय नेपाली हुन।उनले क्यानडामा
इसोपिया इन्क्लुसिप नामको कम्पनी खरीद गरि केही समयपछि बेचे। त्यसपछी आदित्य झाले क्यान्डी नामक कम्पनी खरीद गरि  अर्को कर्मा नाम दिएका छन।क्यानडा तथा अन्य देशमा व्यबसाय संचालन गर्दै आएका झाको कुल सम्पत्ति $100 मिलियन अमेरिकी डलर रहेको छ।यसका साथै आदित्य झा नेपालको पाँचौ धनी व्यक्ति हुन।


६. जीवा लामिछाने 

 चितवन जिल्लाको पदमपुरमा जन्मेका जीवा लामिछाने नेपालको छैटौं स्थानमा पर्दछन।मध्यमबर्गीय परिवारमा जन्मेका लामिछाने गैर आवासीय नेपाली संघ एन आर. एन. का पुर्ब अध्यक्ष हुन।जीवा लामिछाने टिभी उत्पादन गर्ने ट्रसका म्यानेजिङ्ग डाइरेक्टर हुन। रसियामा अध्ययन गरेका लामिछाने व्यबसायी तथा उद्योगपति उपेन्द्र महतोसङ्ग बिद्युतीय सामाग्रीको ब्यापारमा सहकार्य गर्दछन। जीवा लामिछाने रसियामा सोनी,सामसुङ ,एल.जीजस्ता प्रसिद्ध टिभी कम्पनीको डिलरको रुपमा काम गर्दछन।लामिछानेको कुल सम्पत्ति $92 मिलियन अमेरिकी डलर रहेको छ र उनी नेपालको छेेैठौँ धनी व्यक्ति हुन।


७. पशुपतिशमशेर ज.ब.रा


    काठमान्डौको महाराजगन्जमा जन्मेका पशुपतिशमशेर राणा नेपालको सातौं धनी व्यक्तिमा पर्दछन।अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरका नाति  बिजयशमशेरका छोरा हुन। पशुपतिशमशेर  रा.प्र.पा प्रजातान्त्रिकका अध्यक्षसमेत रहेका थिए।पशुपतिशमशेरले भारतीय राजकुमारी उषा राजी इस्ट ईन्डियासङ्ग बिबाह गर्दा अहिलेको लगभग २५ हजार मिलियन दाइजोमा ल्याएका थिए। तत्कालीन समयमा उनी राजाहरुभन्दा नि धनी थिए।उनी धनी हुनुमा पनि दाइजो मुख्यश्रोत हो। अहिले पशुपतिशमशेर ज.ब.राको कुल सम्पत्ति $84 मिलियन अमेरिकी डलर रहेको छ।यसका साथै पशुपतिशमशेर नेपालको सातौं धनीको स्थानमा पर्दछन।


८. बलराम चेनराई

 नेपालको ओखलढुंगामा जन्मेका बलराम नेपाको आठौं धनी व्यक्ति हुन।आफ्ना बेलायती  लाहुरे पितासङ्ग बेलायत गएका बलराम अहिले हङकङ बस्ने बेलायती व्यबसायी हुन।बलराम चेनराई हङकङमा बस्ने हुँदा उनी साउथ एसियन सोसाइटी इन हङकङका अध्यक्ष पनि रहेका छन।रियल स्टेटस इलेक्ट्रोनिक्सको उनको ब्यबसाय राम्रो रहेको छ।सपरिवार हङकङ बस्दै आएका उनी एउटा सफल व्यबसायी हुन। अहिले उनको कुल सम्पत्ति लगभग $70 मिलियन अमेरिकी डलर रहेको छ।उनी नेपालका आठौं धनी उद्योगपती हुन।


९. राजेन्द्र खेतान

 काठमान्डौँमा जन्मेका राजेन्द्र खेतान नेपालको नवौँ धनीको सुचीमा सुचीकृत रहेका छन।खेतान ग्रुपका मालिक राजेन्द्रको ग्रुपका नेपालमा १३ओटा कम्पनी स्वामित्वमा रहेका छन।खेतान ग्रुपले नेपालमा  वित्तीय संस्था ,रक्सी, चाउचाउ जस्ता क्षेत्रमा लगानी गरेको छ। राजेन्द्र खेतान लक्ष्मी बेैकँका संस्थापक अध्यक्ष हुन भने प्राइम लाइफ ईन्स्योरेन्सका पनि संस्थापक अध्यक्ष हुन। नेपाली बजारमा बिक्री हुने खुद्रा सामान धेरैजसो खेतान ग्रुपका रहेका छन।राजेन्द्र खेतानको कुल सम्पत्ति लगभग $ 62 मिलियन अमेरिकी डलर रहेको छ।उहाँ नेपालको नवौँ धनी व्यक्ति पनि हुन।


१०. ज्ञानेन्द्र शाह 

 नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह अहिले नेपालको दसौं धनी व्यक्तिको सुचीमा सुचीकृत छन।नेपालमा गणतन्त्र आएपछि राजगद्दी त्याग गरेका पुर्ब राजा ज्ञानेन्द्र अहिले उहाँ आफ्नो जीवन सरलताका साथ यापन गरिरहनु भएको छ।बि.सं२००७ र बि.सं २०५९ गरि दुई पटक राजा बनेका ज्ञानेन्द्रको पुर्ख्यौली तथा लगानी गरेको सम्पत्तिका कारण उनी अहिले नेपालकै दस ठुला धनीको गणनामा पर्दछन।राजा ज्ञानेन्द्रको ठुला ठुला स्वदेशी तथा बिदेशी कम्पनीमा शेयर रहेको छ।अहिले उनको कुल सम्पत्ति लगभग $ 58 मिलियन अमेरिकी डलर रहेको छ र उहाँ अहिले नेपालको दसौँ धनीको रुपमा चिनिनुहुन्छ।


   आफ्नो मिहिनेत,धैर्यता र लगनशीलताका कारण उहाँहरु एउटा सफल व्यबसायी तथा उद्योगपनि बनेका छन।नेपालजस्तो सानो बजार क्षेत्रमा आफ्नो अथक प्रयास तथा लगनशीलताले अहिले उनीहरुले धनका साथसाथै सम्मान पनि आर्जन गरेका छन।
 

1 Comments

  1. जानकारीको लागी धन्यवाद

    ReplyDelete

Post a Comment

Previous Post Next Post