नेपाल प्राकृतिक,सांस्कृतिक तथा भौगोलिक हिसाबले निकै सुन्दर र रमणीय देश हो।यहाँ संसारमा पाइने सबै किसिमको हावापानी पाइन्छ।भौगोलिक हिसाबले तीन क्षेत्रमा( हिमाल,पहाड,तराई ) बिभाजित यो देश पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ।त्यसै गरि नेपालमा ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरु पनि धेरै रहेका छन। ती सम्पदाहरुमध्ये १० वटा भने विश्व सम्पदा सुचीमा सुचीकृत छन।

संयुक्त राष्ट्र संघको अङ्ग युनेस्कोद्वारा विश्वको सबै देशमा रहेका बहुमुल्य स्थानहरुलाई युनेस्को विश्व सम्पदा सुची  भनिन्छ।युनेस्कोले सबै देशमा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको क्षेत्रलाई यसमा समाबेश गर्ने गर्दछ।विश्व सम्पदा सुचीमा परेका क्षेत्रको युनेस्को आफैले त्यसको  रेखदेख गर्दछ भने कुनै परिस्थितिमा आर्थिक सहयोग पनि गर्दछ।

प्रत्येक सम्पदा त्यस देशको धरोहर तथा परिचय पनि हो।यस्ता सम्पदा देशको चिनारी हुन् भने यस्ता सम्पदा अस्तित्वसङ्ग पनि जोडिएका हुन्छन् ।अब आउने भावी पिढीलाई आफ्नो सांस्कृतिक महत्त्वको बारेमा जानकारी प्राप्त गर्न यस्ता सम्पदाहरु निकै महत्त्वपूर्ण सिद्ध हुने छन् ।यहीँ कुरालाई मध्यनजर गर्दै युनेस्कोले विभिन्न देशको धेरै सम्पदालाई चिनाउने कार्य गर्दछ।यी सम्पदाहरु कुनै देशको मात्र न भइ विश्वकै गौरवको बिषय बन्दछन। युनेस्कोले सांस्कृतिक र प्राकृतिक गरि विश्व सम्पदा सुचीमा सुचीकृत गर्ने गर्दछ।नेपालको पनि धेरै ठाउँहरु यो सुचीमा परिसक्यो भने कुनै क्षेत्रलाई यो सुचीमा राख्न युनेस्कोमा निवेदन पेश गरिएको छ। नेपालको ७ क्षेत्र सांस्कृतिक रहेको छ भने बाकीँ ३ क्षेत्र चाहिँ प्राकृतिक रहेका छन। नेपालका विश्व सम्पदा सुचीमा परेका ठाउँहरु निम्न रहेका छन् ।


# काठमान्डौँँ दरवार क्षेत्र

 काठमान्डौँको मध्यभागमा अबस्थित  काठमान्डौँँ दरवार क्षेत्रलाई दरवार स्क्वायर नामले चिनिन्छ भने यस स्थानलाई  हनुमानढोका क्षेत्र पनि भन्ने गरिन्छ।काठमान्डौँँ दरवार क्षेत्रको निर्माण १७ औं शताब्दीमा भएको मानिन्छ।त्यस समयमा राजा रत्नमल्लले निर्माण कार्य आरम्भ गरेका थिए भने राजा पृथ्वीवीर विक्रम शाहको शासनकालसम्म लगभग पूरा भएको इतिहासकारहरु बताउँछन।त्यसपछि पनि यो क्षेत्रको पुनर्निर्माणहरु भएका छन् ।काठमान्डौँँ दरवार क्षेत्रका मुख्य सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरुमा तलेजु भवानीको मन्दिर,कालभैरव,जगन्नाथ मन्दिर, शिवपार्वतीको मन्दिर, कुमारीघर तथा मैजुदेवल रहेका छन् ।यहाँको बसन्तपुर दरवार  तथा काष्ठमण्डप क्षेत्रलाई सांस्कृतिक तथा पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ।यहाँका ऐतिहासिक दरबारहरु मुख्य आकर्षणका बिषय हुन् ।


# पाटन दरबार क्षेत्र

कला नै कलाको प्रतिबिम्बको रुपमा रहेको पाटन दरबार क्षेत्रलाई कलाको शहरको नामले जानिन्छ। निकै नै रमणीय तथा महत्त्वपूर्ण मानिनेपाटन दरबार क्षेत्रको निर्माण १६ देखि १८ औं शताब्दीसम्म भएको हो। विशेषत: यहाँका मन्दिर तथा अन्य कलायुक्त निर्माणहरु सिद्धिनर सिंह,श्रीनिवासदेखि राजा योगनरेन्द्रको शासनकालमा भएको प्रमाणका रुपमा शिलालेखहरु उपलब्ध रहेका छन् ।यहाँका मुख्य बिशेषताका रुपमा कृष्ण मन्दिर, भीमसेन मन्दिर, तलेजु मन्दिर, कुम्भेश्वर मन्दिर , सुन्दरी चोक,मणिकेशबनारायण चोक तथा मुलचोक रहेका छन् । ढुङ्गाबाट निर्मित कृष्णको मन्दिर यहाँको मुख्य पर्यटकीय स्थल हो भने यसका वरिपरि ढुङ्गामा कुँदिएका रामायण र महाभारतका दृश्यहरु प्रमुख आकर्षणका बिषय हुन् ।


# भक्तपुर दरबार क्षेत्र 

  नेपालको सांस्कृतिक धरोहर मध्येको एक रहेको भक्तपुर दरबार क्षेत्र निकै कलात्मक रहेको छ।नगर राजा आनन्ददेवले स्थापना गरेको यो क्षेत्र लिच्छविकालमा निर्माण भएको अनुमान । यसको प्रमाण स्वरुप गोपालराज वंशावलीमा प्राप्त गर्न सकिन्छ।सिंहद्वार,स्वर्णद्वार,चारधाम,तमौडी, दत्तात्रेय मन्दिर, पुजारीमठ ,५५ झ्याले दरबार तथा न्यातपोल मन्दिर यहाँका मुख्य आकर्षणका क्षेत्रहरु हुन् ।राजा यक्ष मल्लले निर्माण गरेका र १७ औं शताब्दीमा राजा भुपेन्द्र मल्लले पुनर्निर्माण गरेको ५५ झ्याले दरबार आन्तरिक तथा बाह्य पर्यटकहरुको मुख्य अबलोकन क्षेत्र हुन् ।भक्तपुर दरबार क्षेत्र मन्दिर तथा स्मारकहरुले मात्र न भई कला तथा सङ्ग्राहालय पनि प्रसिद्ध रहेको छ।त्यसैले भक्तपुर दरबार क्षेत्र कला र सङ्ग्रहालयको पनि उल्लेख्य स्थल हो।


 # पशुपतिनाथ मन्दिर

   काठमान्डौँको पुर्बी क्षेत्रमा रहेको पशुपतिनाथको मन्दिर पूरा बिश्वकै पर्यटकीय तथा धार्मिक दृष्टिकोणले निकै नै महत्त्वपूर्ण क्षेत्र हो।पबित्र बाग्मती नदीको तट भागमा रहेको पशुपतिनाथ सनातन धर्मावलम्बीहरुको लागि आस्थाको केन्द्रविन्दु नै रहेको छ।जहाँ बर्षेनि लाखौं संख्यामा स्वदेशी तथा बिदेशी दर्शनार्थी तथा पर्यटकहरु भित्रिने गरेका छन।चारधामपछि भगवान पशुपतिनाथको दर्शन गरे पश्चात् मात्र पुण्य प्राप्त गरिने जनबिश्वास रहेको छ।यस मन्दिरको निर्माण राजा भुपालेन्द्र मल्लले गरेको मानिन्छ भने त्यसपछि पनि धेरैले यो मन्दिरको पुनर्निर्माण गरेको इतिहासमा पाइन्छ।

# स्वयम्भूनाथ 

 काठमान्डौँको पश्चिमतर्फ रहेको  स्वयम्भूनाथ अति प्रसिद्ध स्थल हो।पद्मकण्ठ पहाडको थुम्कोमा रहेको स्वयम्भूनाथ अति पबित्र बौद्ध मन्दिर तथा चैत्य हो। स्वयम्भूनाथको बाताबरणमा नरमाउने सायदै कोहि होलान् ।करीब ३६० खुड्किलो चढेपछि स्वयम्भूनाथको महाचैत्यमा पुग्न सकिन्छ। यहाँ धेरै बुद्धको मुर्ति तथा स्तुपाहरु रहेका छन् भने यो महाचैत्यको निर्माण लिच्छविकालमा गरिएको मानिन्छ।

# बौद्धनाथ

 काठमान्डौँ जिल्लाको बौद्ध क्षेत्रमा रहेको बौद्धनाथ पूरा एसियाकै ठुलो स्तुपमध्ये एक मानिन्छ। यहीँ स्तुपकै कारण यस क्षेत्रको नाम बौद्ध राखिएको हो। मन्डल आकारमा रहेको यो स्तुपा करीब ३६ मिटर अग्लो रहेको छ। यो स्तुपको निर्माण पनि पाँचौ शताब्दी अर्थात् लिच्छविकालमा भएको मानिन्छ भने त्यसपछि आठौं शताब्दीमा यसको जीर्णोद्धार भएको थियो। लिच्छविकालमा बौद्धनाथको निर्माण गर्न करीब १२ बर्ष लागेको बताइन्छ ।


#  चाँँगुनारायण मन्दिर

 भक्तपुर जिल्लामा रहेको चाँँगुनारायण मन्दिर काठमान्डौँकै पुराना मन्दिरमध्ये एक मानिन्छ। भगवान बिष्णुको प्रतिमा रहेको यो मन्दिरको निर्माण कहिले भएको थियो भन्ने बारेमा अहिलेसम्म पनि ठोस तथ्य फेला परेको छैन। तापनि यस  चाँँगुनारायण मन्दिरको निर्माण चौथौ शताब्दीमा भएको त्यहाँ रहेको अवशेष शिलालेखमा प्रमाण पाउन सकिन्छ ।यहाँ रहेको शिलालेखले यो मन्दिर अति प्राचीन रहेको उजागर गर्दछ। यहाँ रहेको प्रस्तर,काष्ठकला, धातुकला तथा वास्तुकला सर्बत्र निकै प्रशंसनीय छ। विश्वरुप,बिष्णु विक्रान्त तथा नरसिंह विष्णु यहाँको उत्तम कलाका चिनारी हुन् ।

# लुम्बिनी क्षेत्र 

  शान्तिका प्रतिरुप मानिने भगवान बुद्धको जन्मस्थल रहेको लुम्बिनी धार्मिक तथा पर्यटकीय हिसाबले ज्यादै महत्त्वपूर्ण मानिन्छ । ईशापुर्ब ६२३ मा जन्मेका  शान्तिका तारा मानिने  गौतम बुद्धको जन्मस्थल लुम्बिनी बौद्धधर्मावलम्बी आस्थिकजनको मुख्य केन्द्रविन्दु नै हो।यहाँका मुख्य सम्पदाहरुमा मायादेवी मन्दिर,अशोक स्तम्भ तथा शाक्य पुष्करिणी तलाउ पर्दछन। महान चक्रवर्ती सम्राट अशोकले यहीँबाट शान्तिका खोजका निम्ति हिँडेका कुरा इतिहासमा पाइन्छ। त्यसै सम्झना यहाँ अशोक स्तम्भ पनि रहेको छ। त्यसबाहेक यहाँ विभिन्न मित्र राष्ट्रले धेरै बिहार तथा बौद्ध स्तुपको निर्माण गराएका छन् । लुम्बिनी क्षेत्रमा सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र पनि रहेको छ।

# चितवन राष्ट्रिय निकुञ्ज 

 चितवन जिल्लमा पर्ने चितवन राष्ट्रिय निकुञ्ज लगभग ९३२ बर्ग किलोमिटरमा फैलिएको छ । तराईको समथर भूू- भागमा अबस्थित चितवन राष्ट्रिय निकुञ्ज नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो। यसको स्थापना सन् १९७३ मा भएको थियो भने यहाँ सयौं थरीका जनावरका साथै हजारौं प्रजातीका बनस्पति पाइन्छ। बनस्पति तथा बन्यजन्तुले निकै सम्पन्न चितवन राष्ट्रिय निकुञ्ज एसियाकै संरक्षित क्षेत्रमध्ये एक हो।यहाँ पाटेबाघ , एकसिङ्गे गैंडा, घडियाल गोहीजस्ता दुर्लभ दुर्लभ जनावरहरु रहेका छन भने अरु पनि थुप्रै प्रजातिका बन्यजन्तुहरु रहेका छन् ।

# सगरमाथा राष्ट्रिय निकुञ्ज 

 नेपालको सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा रहेको  सगरमाथा राष्ट्रिय निकुञ्जमा बिश्वको शिर मानिने संसारकै सबैभन्दा सर्बोच्च शिखर सगरमाथा पनि रहेको छ। पुर्बी नेपालमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको स्थापना सन् १९७६ मा भएको हो। यस निकुञ्जको क्षेत्रमा सगरमाथा बाहेक चो ओयु , थामर्सेकु ,ल्होत्सेसार , पुमोरी जस्ता ६ हजारभन्दा अग्ला हिमचुचुराहरु पनि रहेका छन् । कस्तुरी मृग,घोरल,थार , हिमाली भालु ,झारल यहाँका मुख्य बन्यजन्तु हुन । यसका साथै संसारकै एक मात्र स्थानमा पाइने दुर्लभ काँडेभ्याकुर पनि यहाँ नै पाइन्छ।त्यसैले सगरमाथा राष्ट्रिय निकुञ्ज नेपालको परिचायक स्थल पनि हो।

 नेपालका यी स्थानहरु विश्वसम्पदा सुचीमा सुचीकृत भइ सकेका छन् भने अन्य थुप्रै क्षेत्रहरुलाई युनेस्कोमा समाबेश गर्न निबेदन पेश गरिएको छ। यस्ता सम्पदाले गर्दा आज नेपाल विश्वसामु चिनिएको छ। त्यसैले यस्ता वैश्विक सम्पत्तिको प्रचार प्रसार गरि अझ चिनाउनु हाम्रो दायित्व हो र यिनीहरूको संरक्षण गर्नु हाम्रो कर्तव्य हो।


काठमान्डौँ दरबार क्षेत्र


  
 

पाटन दरबार क्षेत्र


भक्तपुर दरबार क्षेत्र



पशुपतिनाथ मन्दिर



स्वयम्भूनाथ

  
बौद्धनाथ



चाँँगुनारायण मन्दिर



लुम्बिनी क्षेत्र 


चितवन राष्ट्रिय निकुञ्ज 


सगरमाथा राष्ट्रिय निकुञ्ज 





1 Comments

Post a Comment

Previous Post Next Post